काठमाडौं । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा इलाममा बाबु–छोराको मृत्यु भएको छ ।
शुक्रबार राति मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३ हाँसपोखरीमा को १ ख ६४६२ नम्बरको टिपरले प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्युु भएको हाे ।
इलामबाट झापा आउँदै गरेको टिपरले विपरीत दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–६ खादी गाउँका ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुवा अन्दाजी ७० वर्षीय पवनकुमार राई मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ ६ः४० बजेतिर दुर्घटना हुँदा दुवै जना गम्भीर घाइते भएका थिए । उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा बाबु–छोराको राति ८ः२५ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)