चालक कुटपिटकाे विराेधमा ताप्लेजुङ बन्द आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । सवारी चालकलाई कुटपिट गरेको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज शुक्रबारबाट अनिश्चितकालिन यातायात बन्दको आवह्वान गरेकाे छ ।

व्यवसायीले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकमा यातायात बन्दको आवह्वान गरेका हुन् ।

बिहीबार प्रहरी र नाे केबलकार पक्षबीच झडप भएकाे थियाे । झडपमा घाइते भएकाहरुको उद्धार तथा उपचारको सहजीकरणका लागि फुङलिङबाट पाथीभरा केवलकारको निर्माणाधीन बेस स्टेशनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी ‘नो केवलकार’पक्षका कार्यकर्ताले तोडफोड गरी चालकलाई कुटपिट गरेको विरोधमा यातायात बन्दको घोषणा भएको हो ।

नो केबलकार समूहले आक्रमण गर्दा मे १ ज २५७९ नम्बरको सवारीका चालक ४३ वर्षीय राजकुमार पौडेल घाइते भएका थिए । उनलाई कुटपिट गरेको विरोधमा पाथीभरा यातायात सेवा प्रालिले बन्द आह्वान गरेको हो । उनीहरुले तोडफोड र कुटपिटमा संलग्नलाई कारबाही गर्नु पर्ने,घाइतेको उपचार र सवारी साधनको मर्मतको माग गरेका छन् ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार ‘नो केवलकार’पक्षधरहरु निर्माणाधिन बेस स्टेशनतर्फ जान खोजेपछि भएको झडपमा बिहीबार १३ जना घाइते भएका थिए । घाइतेको उद्धारका लागि फुङलिङबाट गएको रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू र इन्सेक प्रतिनिधि एलिना दियाली चढेको सवारी आन्दोलनरत पक्षले तोडफोड गरी चालक पौडेललाई कुटपिट गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०९ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.