चालक कुटपिटकाे विराेधमा ताप्लेजुङ बन्द आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । सवारी चालकलाई कुटपिट गरेको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज शुक्रबारबाट अनिश्चितकालिन यातायात बन्दको आवह्वान गरेकाे छ ।

व्यवसायीले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकमा यातायात बन्दको आवह्वान गरेका हुन् ।

बिहीबार प्रहरी र नाे केबलकार पक्षबीच झडप भएकाे थियाे । झडपमा घाइते भएकाहरुको उद्धार तथा उपचारको सहजीकरणका लागि फुङलिङबाट पाथीभरा केवलकारको निर्माणाधीन बेस स्टेशनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी ‘नो केवलकार’पक्षका कार्यकर्ताले तोडफोड गरी चालकलाई कुटपिट गरेको विरोधमा यातायात बन्दको घोषणा भएको हो ।

नो केबलकार समूहले आक्रमण गर्दा मे १ ज २५७९ नम्बरको सवारीका चालक ४३ वर्षीय राजकुमार पौडेल घाइते भएका थिए । उनलाई कुटपिट गरेको विरोधमा पाथीभरा यातायात सेवा प्रालिले बन्द आह्वान गरेको हो । उनीहरुले तोडफोड र कुटपिटमा संलग्नलाई कारबाही गर्नु पर्ने,घाइतेको उपचार र सवारी साधनको मर्मतको माग गरेका छन् ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार ‘नो केवलकार’पक्षधरहरु निर्माणाधिन बेस स्टेशनतर्फ जान खोजेपछि भएको झडपमा बिहीबार १३ जना घाइते भएका थिए । घाइतेको उद्धारका लागि फुङलिङबाट गएको रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू र इन्सेक प्रतिनिधि एलिना दियाली चढेको सवारी आन्दोलनरत पक्षले तोडफोड गरी चालक पौडेललाई कुटपिट गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०९ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.