विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ बिमोचन भएको छ ।
८४ वर्षीय तामाङ अहिले सामान्य जीवन बिताइरहेका छन् । तामाङको जीवनीका विषयमा पत्रकार तथा साहित्यकार केशु विरहीले लेखेको पुस्तक बिमोचन भएको हो ।
पुस्तकमा तामाङको राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक विषय समेटिएको छ ।
तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको विरहीले बताए । तामाङ २०४८, २०५१ र २०५६ सालमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ (साविकको क्षेत्र नम्बर ४)बाट सांसद निर्वाचित भएका थिए ।
तामाङका बारेका तयार पारेको पुस्तकको बिक्रीबाट प्राप्त भएको मध्ये ५० प्रतिशत रकमले बेलबारीमा अक्षयकोष निर्माण गर्ने र यसबाट प्राप्त ब्याजबापतको रकमले अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्तिलाई पुरस्कृत गरिने विरहीले बताए ।
अक्षयकोष बेलबारी बहुमुखी क्याम्पसमा स्थापना गरिने छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)