काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ । तोलाकाे १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक १५ गते साेही मूल्यमा कारोबार भएको थियो ।
त्यसबेला सुनको भन्सार दर २० प्रतिशत थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाएपछि मंसिर १० गते घटेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । बिहीबार थप ५ सय बढेकाे हाे ।
आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)