उच्च विन्दुमा पुग्याे सुनको मूल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ । तोलाकाे १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक १५ गते साेही मूल्यमा कारोबार भएको थियो ।

त्यसबेला सुनको भन्सार दर २० प्रतिशत थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाएपछि मंसिर १० गते घटेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । बिहीबार थप ५ सय बढेकाे हाे ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.