संविधानसभा सदस्य सापकोटाको निधन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । उनी नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य थिए ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सापकोटाको आज (बिहीबार) बिहान निधन भएको एकीकृत समाजवादीका अर्का पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले बताए । वाइबाका अनुसार सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेयको समस्याबाट पीडित थिए ।

फोक्सोमा समस्या भएपछि उनलाई यही फागुन ४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति: बिहिबार, ०८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.