विराटनगर हुँदै फर्किए केआईआईटीका ७५ जना विद्यार्थी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको रानी नाका हुँदै भारत उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत ७५ जना विद्यार्थी घर फर्किएका छन् ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकोलको थियो । कलेजबाट निकालिएका मध्ये ७५ जना विद्यार्थी बुधबार विराटनगरकाे रानी नाका हुँदै घर फर्किएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति काँकडभिट्टा नाकाबाट १६ जना विद्यार्थी फर्किएका थिए ।

प्रशासन कार्यालयका अनुसार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११ जना, काठमाडौँ र सिराहाका ३–३ जना, सर्लाही र जनकपुरका २–२ जना तथा ललितपुर र उदयपुरका १–१ जना विद्यार्थी फर्किएका हुन् ।

शंकास्पद अवस्थामा मृत भेटिएकी लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले विद्यार्थीलाई दुर्व्यवहार गर्दै कलेजबाट निकालेको थियो ।  विद्यार्थीमाथि दुर्व्यवहार भएको विषयमा नेपाल र भारतमा आवाज उठेपछि कलेज प्रशासनले माफी मागेको थियो ।

भारतीय प्रहरीले लम्सालको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको छ ।

भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, ०७ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.