विराटनगर । कोशी प्रदेशसभामा प्रेस भएकाे आमसञ्चार विधेयक संशोधनका लागि १२ वटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।
विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभामुखले संशोधन प्रस्ताव पेश गर्नका लागि ७२ घण्टाको समय दिएका थिए । सो अवधिमा १२ वटा प्रस्ताव दर्ता भएको हो ।
विधेयकमाथि सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ तथा विधायन समितिको सभापति कमला दर्नालसहित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका तर्फबाट गणेशप्रसाद उप्रेती, सपना दर्जी, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगू, खिनु लङ्वा लिम्बूले संशोधनको प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेसका सांसद भीम पराजुली, हिमाल कार्की, शमशेर राई, एमालेका सांसद रमेशकुमार बस्नेत र होमबहादुर थापा पनि प्रस्ताव दर्ता गरेका छन् ।
सांसदहरुले आम संचार प्रतिष्ठानको संरचना, दण्ड र सजायको प्रस्ताव प्रावधान संशोधनका लागि प्रस्ताव पेश गरेका छन् । प्रतिष्ठानको संरचनामा अध्यक्षलाई कार्यकारी बनाउनु पर्ने र प्रेस रजिष्टार सरकारी कर्मचारी खटाउनु पर्ने प्रस्ताव पनि छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)