प्रकृतिका बुबाले भने,‘ हामीलाई न्याय चाहिएको छ’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी विद्यार्थी प्रकृति लम्सालका बुबा सुनिल लम्सालले न्याय मागेका छन् । ओडिसा पुगेर प्रहरी अधिकारीहरुसँग भेट गरेर उनले छोरीका लागि न्याय मागेका हुन् ।

भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्तले घटनाबारे छानबिन गर्न माग गर्दै प्रहरी कहाँ सोमबार बिहानै एफआईआर दिएका थिए । आज बुबा सुनिलले भारतको समाचार एजेन्जी एअनआईसँग कुरा गर्दै न्याय मागेका हुन् ।

‘उनको मोबाइल, ल्यापटप, डायरीलगायत पनि फरेन्सिकले लगेको छ, त्यो रिपोर्ट आएपछि पनि के हो थाहा हुन्छ’, लम्सालले भनेका छन्, ‘अहिलेलाई हामीलाई यति सूचना छ कि उनीमाथि ह्यारेसमेन्ट र इमासनल ब्ल्याकमेलिङ भएको थियो, त्यही कारण उनले आत्महत्या गरेकी हुन् ।’

युनिभर्सिटीका व्यक्तिहरुले आधिकारिक रुपमा केही नबताए पनि प्रहरी अधिकृतहरुले भने आफूहरुसँग राम्रो समन्वय गरेको उनले बताएका छन् ।

‘हाम्रो माग न्याय पाउनुपर्‍यो भन्ने हो, अरु केही होइन’, उनले भने, ‘विद्यार्थीलाई पहिले आवश्यक परेका बेला बोलाउने अहिले यस्तो भयो जाउ भन्ने चाहिँ ठिक होइन, विद्यार्थीलाई त्यस्तो गर्नु भएन ।’

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि दमन गरेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, ०६ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.