विराटनगर । फागुन १९ गतेबाट नवौं संस्करणको विराट गोल्डकप प्रतियोगिता आयोजना गरिने भएको छ । विराटनगरको सहिद रंगाशालामा हुने प्रतियोगितामा भारतीय २ वटा र नेपालका ८ वटा सहभागी हुनेछन् ।
विराट गोल्डकप ट्रष्टले गोल्डकप आयोजनाको जिम्मा उद्योगी नवीन रिजाललाई दिएको थियो । आठौं संस्करणको आयोजना ट्रष्ट आफैंले गरेको थियो । । ५ औं संस्करण पनि रिजालले नै गरेका थिए ।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले नेपालका ८ गरेर प्रतियोगितामा १० वटा टिमको सहभागि हुने बताएको हो ।
गोल्डकप संयोजक रिजालका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लब, थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब र रिजालको मोरङ एफसीको सहभागी हुनेछन् ।भारतको साउथर्न समिति फुटबल क्बल कोलकाता र सुदेभा दिल्ली फुटबल सहभगी हुने उनले बताए ।
‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नारा दिइएको प्रतियोगिता फागुन २७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् ।
पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार रूपैयाँ प्रदान गरिनेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)