सन्तनेताकाे नाममा निजी जग्गामा भवन, लगानी राज्यकाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सरकारी बजेटमा सार्वजनिक संघ संस्थाको संरचना निर्माण गर्दा जग्गा सम्बन्धित संस्थाकै नाममा हुनुपर्छ । कानुनत भवनको नक्सा पास पनि हुनुपर्छ । तर सन्तनेता सन्तनेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा विराटनगरमा व्यक्तीको जग्गामा भवन बनिरहेकाे छ । विराटनगर महानगरपालिकाका अनुसार भवनको नक्सा पनि पास भएको छैन ।

निजी जग्गामा बनिरहेको भवनका लागि तीन तहका सरकारले साढे तीन करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

विराटनगर महानगरपालिका– ४ इक्राहीमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउण्डेशनले निजी जग्गामा बनाइरहेको भवनमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले ३ करोड ४९ लाख ४६ हजार ५५१ रुपैयाँ भुक्तानी गरेको हो ।

सात तल्ले भवन बनिरहेको जग्गा रिजाल थरका एक व्यक्तिको नाममा छ । उक्त जग्गाको अधिकृत वारेसनामा राजेन्द्र खनालले लिएका छन् । उनका अनुसार सन्तनेताको नाममा निर्माण भइरहेको भवनले करिब तीन कट्ठा निजी जग्गा ओगटेको छ ।

विराटनगर महानगरपालिकाको घर नक्सा शाखाका प्रमुख गोपाल पोखरेलका अनुसार भवनको नक्सा पासका लागि निवेदन आएको छैन । ‘किसुनजीको नाममा बन्‍ने भवनका लागि जग्गाको नक्सा पासका लागि कुनै पनि आवेदन आएको छैन,’ उनले भने,‘कानुनत भवन निर्माण गर्नुअघि नक्सा पास गर्नुपर्छ ।’

भवन निर्माणका लागि ६ कट्टा ऐलानी जग्गा विराटनगर महानगरपालिकाले दिएको थियो । तर, प्रतिष्ठानले महानगरले दिएको जग्गामा भवन बनाएन्, सँगै रहेको ४२५ कित्ता नम्बरको निजी जग्गामा भवन निर्माण गर्‍यो । ४२५ कित्ता नम्बरको निजी जग्गा ७ कट्ठा ४ धुर छ ।

प्रतिष्ठानका अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले भने जग्गा खरिद गरिसकेकोले अब नक्साको काम मात्रै बाँकी रहेको बताए । ‘जसको जग्गा खरिद गरेका छौं, उहाँको केही पैसा मात्रै बाँकी छ,’ उनले भने,‘बाँकी सबै तिरिसकेका छौं। अब नक्साको काम बाँकी छ।’

प्रतिष्ठानले भवन निर्माणका लागि सात करोड खर्च भएको बताएको छ । सूचनाको हकका अभियन्ता योगराज दाहालले सूचनाको हक प्रयोग गरी विराटनगर महानरगपालिकासँग माग गरेको विवरणमा आर्थिक वर्ष २०७८/७९ देखि २०८०/०८१ सम्म तीन तहको सरकारले ३ कारोड ४९ लाख ४६ हजार ५५१ भुक्तानी गरेको देखिन्छ ।

 अभियान्ता दाहालले भवन निर्माण भइरहेको जग्गाको विषयमा मोरङ जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालीन अमाही इक्राही वडा नं.१/क को कित्ता नम्बर ४२५ र ४२४ को जग्गाबारे विवरण माग गरेका थिए । मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत भएको उल्लेख छ ।

भवन निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ ।

प्रतिष्ठान अध्यक्ष रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो । भवनमा हल, म्युजियम र गेष्टहाउस रहनेछन् । सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो। तर, विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, ०५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.