काठमाडौं । आइतबार प्रतिनिधिसभाको प्रश्नउत्तरका क्रममा सांसद प्रभु साहसँग प्रधानमन्त्री केपी शर्मा ओली कड्किएका छन् । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखेका थिए । प्रधानमन्त्रीलाई उनको प्रश्नमा चित्त बुझेन । उनले सांसद साहको प्रश्न संसदको गरिमा विपरित भएको बताए ।
‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन्,’ उनले भने,‘ संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावरको मान्छे हुँ ?’
उनी त्यतिकैमा रोकिएनन् र फेरि भने,‘म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’
प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् ।
‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन,’ उनले भने, ‘मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’ आइतबार १० जना सांसदले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)