प्रधानमन्त्रीलाई मन परेन सांसद प्रभु साहकाे प्रश्न

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आइतबार प्रतिनिधिसभाको प्रश्नउत्तरका क्रममा सांसद प्रभु साहसँग प्रधानमन्त्री केपी शर्मा ओली कड्किएका छन् । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखेका थिए । प्रधानमन्त्रीलाई उनको प्रश्नमा चित्त बुझेन । उनले सांसद साहको प्रश्न संसदको गरिमा विपरित भएको बताए ।

‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन्,’ उनले भने,‘ संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा, के म मेनपावरको मान्छे हुँ ?’

उनी त्यतिकैमा रोकिएनन् र फेरि भने,‘म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’

प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् ।

‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन,’ उनले भने, ‘मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ ।’ आइतबार १० जना सांसदले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए ।

प्रकाशित मिति: आइतबार, ०४ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.