केबलकारको पक्षमा बोल्दा कालोमोसो दलियो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्षमा बोल्दै आएका एक व्यक्तीलाई केबलकारको विरोधमा रहेको समूहले कालोमोसो दलेको छ ।

आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेम्जी माबोलाई दुर्व्यवहार गर्दै कालोमोसो दलेको हो ।

प्रहरीका अनुसार चेम्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर कालोमोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।

पहिचान पक्षधर नेता अमर इजम लिम्बुले केबलकारको विरोधमा रहेका युवाहरुको समूहले चेम्जीलाई सम्झाउँदै कालोमोसो दलेका हुन् ।

‘मुकुम्लुङमा नो केबलकार पक्षलाई फेसबुकमा गाली गरेको थियो, त्यहीँ माफी मगाएका हुन् ,’उनले भने,‘ साथीहरुले कालोमोसो दलेछन्, मैले त्यसो नगरौ है भनेर सम्झाए ।’

सामाजिक सञ्जाल मार्फत पहिचान पक्षधरलाई निरन्तर गाली गरेका कारण घटना घटेकाे उनले बताए ।

प्रकाशित मिति: आइतबार, ०४ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.