तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा २ हजार ७ सय रुपैयाँ मूल्य घटेको हो ।

शुक्रबार सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँ थियो । आज आइतबार २ हजार ७ सय रुपैयाँ घटेर १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, ०४ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.