काठमाडौं । पुस महिनाकाे तुलनामा माघमा घरजग्गा काराेबार घटेकाे छ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि पुसकाे तुलनामा माघमा राजस्व घटेकाे हाे ।
घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ खराबर राजस्व सङ्कलन भएको छ ।
पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो ।
माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार एक सय ५६ थियो ।
चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ ।
गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड बराबर राजस्व सङ्कलन भएको थियो ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ ।
डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,466)
जीवन विकासले बोलायो साधारणसभा (2,432)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,393)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,379)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,247)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,183)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,136)