विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ का गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादव ६ महिनाकी छोरीसहित पोखरीमा हामफालेकी छन् । प्रहरीका अनुसार घटना शुक्रबार बेलुका ७ः३० बजेको हो ।
प्रीति यादवले ६ महिनाकी छोरी काव्या यादवसहित घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको माछा पोखरीमा हामफालेकी हुन् ।
पोखरीमा हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए । अस्पताल पुर्याउनसाथ शिशुलाई भने चिकित्सकले मृत घोषित गरे ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार आमाको अवस्था पनि गम्भीर छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)