भारतको नयाँ दिल्ली रेल-वे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतको नयाँ दिल्ली रेल–वे स्टेशनमा भागदौड मच्चिँदा ३ जना बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

शनिबार राति भागदौड मच्चिएको थियो । घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा भागदौड मच्चिएको थियो । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई अस्पताल पुर्याएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेल–वे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति: आइतबार, ०४ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.