उमागौरी सहकारी ठगी प्रकरण : प्रदेश सहकारी रजिष्ट्रारले मागेका थिए तीन लाख

Satya Sanchar सत्य सञ्चार
उमागाैरी सहकारी संस्थाकाे कार्यालय

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला जोडिएको उमौगारी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा अध्यक्ष शम्भुप्रसाद रौनियार र सञ्चालक सदस्य रोशन राजवंशी पूर्पक्षका लागि थुनामा छन् ।

गत मंसिर २८ गतेको थुनछेक बहसपछि पूर्पक्षका लागि कारागार चलान भएका राजवंशीले सहकारीको सम्पूर्ण विषयको जिम्मेवारी अध्यक्ष रौनियारलाई देखाएका थिए । लामो समय फरार भएपछि अदालतमा हाजिर भएका रौनियारले भने सहकारी डुब्नुमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीलाई देखाएका छन् ।

सामान्य अवस्थामा सञ्चालन भइरहेको सहकारीमा रजिष्ट्रार खत्रीले तीन लाख रुपैयाँ माग गरेको उनको आरोप छ । त्यो रकम नदिएपछि ‘केही भइजाला’ भन्दै धम्की दिएको रौनियारले अदालतमा बयान दिएका छन् ।

माघ १४ गते अदालतमा उपस्थित भएका रौनियार माघ २० गते पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

अदालतमा तीन दिन चलेको बयानका क्रममा उनले अडिटको काम गर्ने खत्रीले आफूलाई फोन गरेर वार्षिक तीन लाख रुपैयाँ माग गरेको दाबी गरेका हुन् ।

‘प्रदेश विभाजन भएपछि विभिन्न सेवा केन्द्रको जानकारी र त्यसका प्रतिवेदन रजिष्ट्रार कार्यालयलाई नियमित बुझाउँदै आइरहेको अवस्था थियो । रजिष्ट्रार कार्यालय स्थापना भएपछि हामीले हाम्रो कार्यालयबाट नियमित रुपले संस्था अनुगमन गरी पाँउ भन्दा भन्दै रजिष्ट्रार कार्यालयले संस्था अनुगमन नगरेको पाइन्छ,’ बयानका क्रममा सोधिएको ८ नम्बरको प्रश्नको जवाफ दिने क्रममा उनले भनेका छन्,‘त्यस पश्चात हरिबहादुर खत्रीले जिम्मेवारी पाएपछि उहाँले विभिन्न सहकारी संस्थाहरुको लेखापरीक्षण गर्ने, सहकारीहरुलाई महङ्गो शुल्क लिई लेखापरीक्षण भागिरथ खनाल तथा एसोसियटसलगायत अन्यसँग गराएको पाइन्छ । सोही सन्दर्भमा हाम्रो अफिसको कार्यालयमा फोन गरी हरिबहादुर खत्रीले लेखापरीक्षण हामीबाटै गर्नुपर्छ, संस्था राम्रोसँग सञ्चालन गर्ने बातावरण बनाइदिन्छौ भनी रु ३ लाख रुपैयाँ बार्षिक माग गरेका थिए ।’

सर्त नमानेपछि आफूलाई धम्कीपूर्ण भाषाको म्यासेज आएको रौनियारले बयान दिएका छन ।

‘सो शर्त नमानेपछि मेरो मोबाइलमा म्यासेज पठाई भनेको मान्ने कि नमान्ने, नमानेको खण्डमा केही भई जाला, यसको जवाफदेहिता तपाईले लिनुपर्छ भनी मेरो मोबाइल नम्बर ९८४२०४५८०० मा धम्कीपूर्ण भाषा प्रयोग गरी म्यासेज पठाएपछि सोको उजुरी मिति २०८१÷७ ६ गते संस्थाका ९ जना सञ्चालक सहितको निवेदन प्रधानमन्त्री कार्यालय, सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सोको दर्ता नं सि÷०२४८५८ मिति २०८१÷०७÷०६ गते, त्यसै गरी सम्पति शुद्धीकरण विभागमा सोही मितिमा दर्ता गरेका थियौं ।’ उनले भनेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सहकारी विभाग, भुमि व्यवस्था तथा कृषि गरिबी निवारण मन्त्रालयलाई पनि खत्रीले तीन लाख मागेको विषयमा पत्र पठाएको बयान दिएका छन्  त्यसपछि आफ्नो परिवारमा अंशबण्डा भइसकेको सम्पति हरिबहादुर खत्रीले रोक्का गर्न लगाएको उनले बयान दिएका छन् ।

खत्री अडिटर पनि हुन् । प्रदेश सहकारी रजिष्ट्रारको जिम्मेवारी पाउनुअघि खत्रीले विभिन्न संस्थाको अडिट गरेका थिए । ‘सहकारी डुब्न थालेपछि उहाँले अडिट गरेको जानकारी छैन, त्यसअघि उहाँले अरुको नाममा सहकारी संस्थाको अडिट गर्नुहुन्थ्यो,’उनी निकट एक लेखापरीक्षकले भने,‘ पछिल्लो समय चाहिँ अडिट गरेको जानकारी छैन, पहिले चाहीँ निकै गर्नुहुन्थ्यो ।’

प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्री रौनियारले आफूमाथि लगाएको आरोप निराधार भएको बताउँछन् । उनले रौनियारलाई म्यासेज गरेको चाहिँ स्वीकार गरे ।

सहकारीमा समस्या देखिएपछि छलफलका लागि बोलाउँदा नआएपछि म्यासेज गरेको बताए । उमा गौरीको समस्या समाधानका लागि रजिष्ट्रार कार्यालयमा चार पटक छलफल गरेको उनले बताए । कार्यालयबाट अनुगमनमा जाँदा पनि सहकारीको कागजात नभेटिएको उनले बताए ।

‘बाहिर हुन्जेल मान्छेलाई ढाटीरहे, चेक बाउन्स केसमा थुनामा परेपछि सहकारीको केस यहाँ(सहकारी रजिस्ट्रारमा) आयो, तीन पटक यहाँ छलफल गरियो, सिडियो कार्यालयमा पत्र पठाइयो, ’ उनले भने,‘ सम्पर्क गर्दा फोन नउठाएपछि सदस्यलाई दिनुपर्ने पैसा कहिलेसम्म दिनुहुन्छ, दिनसक्नु हुन्न भने फरक तरिकाले हुन्छ भन्ने कुरा एसएमएस पठाएको थिए, त्यसलाई भजाएर म सँग पैसा माग्यो भन्दै इस्यु बनाए ।’

कति छ विगो दाबी ?

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा कार्यालय रहेको उमा गौरी कृषि सहकारी संस्थाको सञ्चालक र ऋण्ीसहित २६ जना विरुद्ध गत माघ २७ गते जिल्ला अदालत मोरङमा सहकारी ऐन अन्तर्गतको कसुर अन्तरगत दर्ता भएको थियो ।

धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष राजवंशीलाई मंसिर २८ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो । माघ २१ गते अध्यक्ष रौनियारलाई थुनछेक बहसपछि अदालतले आइतबार थुनामा राख्न आदेश दिएको थियो ।

सहकारी ठगी प्रकरणका प्रतिवादी रंगेली नगरपालिका–२ का वर्तमान वडाध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष सन्तलाल खवास अदालतले मागेको धरौटी बापतको ५ लाख बुझाएर छुटेका छन् ।

गत पुस २४ गते अदालतमा हाजिर भएकी पूर्व सञ्चालक अन्जला कोइराला १० लाख धरौटी बुझाएर छुटिन् । उमा गौरी सहकारी प्रकरणको अनुसन्धान गरी प्रहरीले प्रतिवादी २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको थियो । सरकारी वकिलको कार्यालयले सोही दाबीसहित मुद्दा दायर गरेको थियो ।

मुद्दामा शम्भुप्रसाद रौनियार, रोशन राजवंशी, लक्ष्मण साह रौनियार, आलम अन्सारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद सिवाकोटी, सरदराज सिंह, मो। नसरुदिन, मनोजकुमार सोनी र यशोदा कुमारी राजवंशीलाई प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलको कार्यालयले सबैलाई उत्तिकै कसुरदार मानेर दाय गरेको अभियोगपत्रमा ‘सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ ) र (५) बमोजिम २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो कायम गरी संस्थामार्फत नै पीडित जाहेरवालाहरुलाई बिगो भराइ सो बाहेकको दायित्व समेतको बाँकी रकम संस्थालाई दिलाइ भराइ प्रतिवादीहरुलाई बिगो बमोजिम जरिवाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय गरी पाउँ’ भनेर मागदाबी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.