इनरुवाबाट करिब एक पावा ब्राउन सुगरसहित २ भारतीय पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले सुनसरीबाट करिब एक पावा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् ।

शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका– १ नुतन पेट्रोल पम्प छेउबाट २१३. ३४ ग्राम ब्राउनसुगरसहित भारत बिहारको अररिया स्थित नरपथगंज सोनापुर– १ बस्ने ३३ वर्षीय कपिल मेहता र सोही स्थानका २८ वर्षीय पंकजकुमार पासवानलाई पक्राउ गरेको हो ।

उनीहरु बीआर ३८ एके०२११ मोटरसाइकलमा सवार थिए ।

प्रहरीका अनुसार कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट १०९.६५० ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनको साथबाट थप १०३.६९० ग्राम बरामद भएको हो ।

पक्राउ परेकाहरु लागूऔषध कारोबारी भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.