विराटनगर । प्रहरीले सुनसरीबाट करिब एक पावा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् ।
शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका– १ नुतन पेट्रोल पम्प छेउबाट २१३. ३४ ग्राम ब्राउनसुगरसहित भारत बिहारको अररिया स्थित नरपथगंज सोनापुर– १ बस्ने ३३ वर्षीय कपिल मेहता र सोही स्थानका २८ वर्षीय पंकजकुमार पासवानलाई पक्राउ गरेको हो ।
उनीहरु बीआर ३८ एके०२११ मोटरसाइकलमा सवार थिए ।
प्रहरीका अनुसार कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट १०९.६५० ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनको साथबाट थप १०३.६९० ग्राम बरामद भएको हो ।
पक्राउ परेकाहरु लागूऔषध कारोबारी भएको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)