विराटनगर । विराटनगरमा सोरुम फुटाएर चाेरी भएकाे कार सुनसरीमा फेला परेकाे छ ।
चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको हाे ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरेका थिए ।
उक्त कारको मूल्य ८० लाख पर्छ । सोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले सुनसरीमा फेला पारेकाे छ । पेट्राेल सकिएर राेकिएकाे अवस्थामा प्रहरीले कार फेला पारेकाे हाे । कारसँगै चाेरीमा संलग्न भएकाे आराेपमा सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पनि पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार उनी कार लिएर भारत तर्फ जाँदैथिए ।
बिनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । सोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको बताइएको छ । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर भएकाे प्रहरीले बताएकाे छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)