विराटनगरकाे साेरुमबाट चाेरी भयाे कार, सुनसरीमा भेटियाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा सोरुम फुटाएर चाेरी भएकाे कार सुनसरीमा फेला परेकाे छ ।

चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको हाे ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरेका थिए ।

उक्त कारको मूल्य ८० लाख पर्छ । सोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले सुनसरीमा फेला पारेकाे छ । पेट्राेल सकिएर राेकिएकाे अवस्थामा प्रहरीले कार फेला पारेकाे हाे । कारसँगै चाेरीमा संलग्न भएकाे आराेपमा सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पनि पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार उनी कार लिएर भारत तर्फ जाँदैथिए ।

बिनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । सोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको बताइएको छ । गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर भएकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.