सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि अमात्यले पाए कामु सचिवको जिम्मेवारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सभाको कायममुकायम सचिवको जिम्मेवारी उपसचिव गौतमराज अमात्यले पाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव अमात्यले कामु सचिवको जिम्मेवारी पाएका हुन् ।

पशुपतिको जग्गामा बालुवा खानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा पराजुली दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई आज कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन् ।

बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका थिए ।

कार्यालयको सिनियर कर्मचारी भएका कारण आफूले कामु जिम्मेवारी पाएको अमात्यले बताए ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवा खाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।

बालुवा खानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

निजामति सेवाबाट अवकास लिएपछि उनी १२ वैशाख २०७६ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए । ९ वैशाख २०८१ देखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । सर्वोच्चको फैसलापछि पराजुली पुनरावलोकनका लागि काठमाडौं पुगेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.