सुनकाे मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बिहीबार नेपाली बजारमा  सुनको मूल्य वृद्धि भएको छ  । बुधबारकाे तुलनामा बिहीबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा काराेबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ९६५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, ०१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.