बेलबारीका मेयरले प्रशासन प्रमुखलाई जिम्मेवारीबाट हटाए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले  आठौं तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएका छन् । प्रशासन शाखा प्रमुख  महेन्द्र खड्कालाई  जिम्मेवारीबाट हटाएका हुन् ।

माघ २८ गते बसेको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनियता भंग गरेको र कार्यालयको हित विपरीत काम गरेको आरोप छ ।

कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृतस्तर आठौं तहका कर्मचारी महेन्द्र खड्काबाट कार्यपालिकाको गोपनियता भंग गर्ने, कार्यलयको हित विपरित काम कारबाही गर्ने लगायत पदीय मर्यादा विपरित काम कारवाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेबारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’

नगरपालिका स्रोतका अनुसार बेलबारी नगरपालिका ७ मा व्यक्तिको जग्गामा सरकारी बजेटमा घाट निर्माण भइरहेको छ । १ करोड ११ लाखमा ठेक्का लागेको घाटको निर्माण जारी छ ।

व्यक्तिको जग्गामा सरकारी बजेट खर्च भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यो उजुरी खड्काले गरेको आरोप छ । खड्काले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

‘प्रस्तुत विषयमा तपाईंलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१/१०/२८ गते बसेको १२७ औं बैठकको निर्णयानुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी गराईन्छ’, खड्कालाई दिइएको पत्रमा लेखिएको छ ।

उपमेयर नितु थापा कोइरालाले अधिकृत खड्कालाई आफ्ना कुरा राख्ने मौका नदिइ जिम्मेवारीबाट हटाउनु गलत भएको बताइन् । खड्कामाथि भएको कारवाही गैरकानुनी भएको उनले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले नगरपालिकाको हित विपरीत काम गरेका कारण कार्यपालिकाले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए ।

प्रकाशित मिति: बुधबार, ३० माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.