माेरङकाे सुनवर्षीमा मुस्लिम समुदायको  इज्तिमा : ३० हजार सहभागी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ को सिक्टीमा मुश्लिम समुदायको   इज्तिमा  जारी छ । सोमबारबाट सुरु भएको इज्तिमामा मंगलबार बेलुकासम्म ३० हजार मुस्लिम समुदायका मानिस सहभागी छन् ।

बुधबारसम्म चल्ने इज्तिमा स्थल सीमावर्ती क्षेत्रमा छ । माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यक्रम स्थलबाट भारतीय सीमा अढाइ किलाेमिटर  टाढा छ । सीमावर्ती क्षेत्रमा कार्यक्रम भएकाले उच्च सतर्कता अपनाइएकाे उनले बताए ।

इज्तिमामा सहभागी ३० हजार  मध्ये   करिब १४ हजार नेपाली नागरिक छन् । बाँकी भारतबाट १६ हजार सहभागी भएका छन् । प्रहरी स्राेतका अनुसार   इज्तिमामा बंगलादेश र पाकिस्तानबाट पनि सहभागी भएका छन् । तर प्रमुख जिल्ला अधिकारी भने नेपाल भारत बाहेक अन्य देशका नागरिकलाई प्रवेश निषेध गरिएकाे बताउँछन् । ‘नाकामा आधार कार्ड र परिचय पत्र हेरेर मात्रै प्रवेश दिइरहेका छाैं, नेपाल र भारत बाहेक अन्य देशका नागरिक सहभागी छैनन,’उनले भने,’ हामीले उच्च सतर्कता अपनाएका छाैं ।’

इज्तिमामा अनुयायीलाई धर्म गुरुले प्रवचन दिनेछन् । भोलि बुधबार(दुवा) प्रार्थना गरेपछि समापन हुनेछ । आज साझसम्म ३० हजार आएपनि भाेलि थप ५-६ हजार थपिने सम्भावना रहेकाे यादवले जानकारी दिए ।   इज्तिमाको सुरक्षाका लागि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.