विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ को सिक्टीमा मुश्लिम समुदायको इज्तिमा जारी छ । सोमबारबाट सुरु भएको इज्तिमामा मंगलबार बेलुकासम्म ३० हजार मुस्लिम समुदायका मानिस सहभागी छन् ।
बुधबारसम्म चल्ने इज्तिमा स्थल सीमावर्ती क्षेत्रमा छ । माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कार्यक्रम स्थलबाट भारतीय सीमा अढाइ किलाेमिटर टाढा छ । सीमावर्ती क्षेत्रमा कार्यक्रम भएकाले उच्च सतर्कता अपनाइएकाे उनले बताए ।
इज्तिमामा सहभागी ३० हजार मध्ये करिब १४ हजार नेपाली नागरिक छन् । बाँकी भारतबाट १६ हजार सहभागी भएका छन् । प्रहरी स्राेतका अनुसार इज्तिमामा बंगलादेश र पाकिस्तानबाट पनि सहभागी भएका छन् । तर प्रमुख जिल्ला अधिकारी भने नेपाल भारत बाहेक अन्य देशका नागरिकलाई प्रवेश निषेध गरिएकाे बताउँछन् । ‘नाकामा आधार कार्ड र परिचय पत्र हेरेर मात्रै प्रवेश दिइरहेका छाैं, नेपाल र भारत बाहेक अन्य देशका नागरिक सहभागी छैनन,’उनले भने,’ हामीले उच्च सतर्कता अपनाएका छाैं ।’
इज्तिमामा अनुयायीलाई धर्म गुरुले प्रवचन दिनेछन् । भोलि बुधबार(दुवा) प्रार्थना गरेपछि समापन हुनेछ । आज साझसम्म ३० हजार आएपनि भाेलि थप ५-६ हजार थपिने सम्भावना रहेकाे यादवले जानकारी दिए । इज्तिमाको सुरक्षाका लागि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)