विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक बन्दीको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हो ।
जेलर गौरव ढुंगेलका अनुसार अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि किसुनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पताल लगिएको थियो ।
उपचारको मंगलबार दिउँसो १ः४५ बजेतिर मृत्यु भएको हो ।
जबरजस्ती करणी मुद्दामा किसुनलाई जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनको मुद्दा मोरङ अदालतमा विचाराधीन छ ।
पुरुष २ सय ५० र महिला ५० गरेर ३ सय ५० जना क्षमताको मोरङ कारागारमा हाल आश्रित बालबालिका ४, महिला ९७ र पुरुष ९ सय ८४ गरी १ हजार ८५ जना कैदीबन्दी छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)