मोरङ कारागारमा रहेका एक बन्दीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक बन्दीको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हो ।

जेलर गौरव ढुंगेलका अनुसार अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि किसुनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पताल लगिएको थियो ।

उपचारको मंगलबार दिउँसो १ः४५ बजेतिर मृत्यु भएको हो ।

जबरजस्ती करणी मुद्दामा किसुनलाई जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनको मुद्दा मोरङ अदालतमा विचाराधीन छ ।

पुरुष २ सय ५० र महिला ५० गरेर ३ सय ५० जना क्षमताको मोरङ कारागारमा हाल आश्रित बालबालिका ४, महिला ९७ र पुरुष ९ सय ८४ गरी १ हजार ८५ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.