रतुवा खोलामा १७ वर्षपछि बन्यो पुल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी राजमार्ग अन्तरगत रतुवा खोलामा निर्माण सुरु भएको १७ वर्षपछि पुल तयार भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार २८२ मिटरको पुल निर्माण भएको हो । यो पुलले मोरङ र झापालाई जोड्छ ।

पुल निर्माणको काम पुरा भएपनि आसपासको सडक कालोपत्रेको काम बाँकी हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।

यो पुल निर्माणका लागि वि.स. २०६४–६५ मा ठेक्का लागेको थियो । ठेकेदारले आधा मात्रै पुल निर्माण गरेपछि २०७९ सालमा पुन दोस्रो पटक ठेक्का लागेको थियो ।

पुल नहुँदा स्थानीयबासी वर्खामा पैसा तिरेर डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा पार गर्दा २० रुपैयाँ तिर्न पर्थ्याे । पुल निर्माण भएपछि यातायात सहज भएको छ ।

‘पुल निर्माण भएपछि सवारी आवागमान भइरहेका छन्,’ पोखरेलले भने,‘पुलको पूर्व पश्चिमको सडक निर्माण भइरहेको छ ।’

मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बीच भागमा थियो ।

हुलाकी राजमार्ग कार्यालयका अनुसार थप ७६.३ मिटर पुल निर्माणाका लागि देव एन्ड सायर/समता/आशिषदीप जेभीले २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रुपैयाँमा ठेक्का पाएको थियो । त्यसपछि मोरङ तर्फ ५० मिटर र झापा तर्फ २६ मिटर पुलको लम्बाई थपिएको छ ।

निर्माण सम्पन्न भएपछि पुलको लम्बाई २८२.८ मिटरको छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ– जाउ गर्न सहज हुनेछ ।

यसअघि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसीए जेभीले १० करोड ३२ लाख ठेक्का पाएको थियो । सम्झौतापछि २०४.८ मिटर पुल निर्माण गरेको थियो । त्यसको १५ वर्षपछि थप स‌रचना निर्माणका लागि नयाँ ठेक्का लागेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.