जसपा नेपालको निर्णयले अफ्ठ्यारोमा सरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश पारित गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरेको थियो । जसपाले भूमि सम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश पास गर्न सहयोग गर्ने निर्णय गरेको हो । जसपाको निर्णयका कारण सरकार अफठ्यारोमा परेको छ ।

प्रतिनिधिसभामा सत्तापक्षसँग सहज बहुमत छ । राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ । राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन् । जसपाले सहयोग नगरे अध्यादेश राष्ट्रिय सभाबाट अस्वीकृत हुनेछ ।

सरकारले ६ वटै अध्यादेश पास गर्न जसपा नेपालको साथ खोजेको थियो । तर जसपा नेपालले सुरुमा मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको थियाे । तर सरकार तयार भएन् ।

जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पाँच वटा अध्यादेशलाई स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनले भूमि सम्बन्धि अध्यादेशको पक्षमा मतदान नगर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट अध्यादेश पास गर्ने तयारीमा सरकार रहेपनि जसपा नेपालले सहयोग नगर्ने भनेपछि अन्तिम समयमा पछि हटेको थियो ।

यस्तो छ अंकगणीत

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ ।

राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । मनोनित नेतृ अञ्जना शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट छ ।

कांग्रेस र एमाले जोडेर २८ मात्रै पुग्छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको १ जना पनि सत्तापक्षमा छन् ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा १ गरेर २६ जना सांसद छन् ।

सरकारमा नरहेको जसपा नेपालसँग ३ जना सांसद छन् ।

जसपा नेपाल अध्यादेशको पक्षमा उभिए अध्यादेश पास हुनेछ ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.