प्रतितोला एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार नाघेको छ । मंगलबार प्रतितोला ६ सय रुपैयाँ बढ्दा सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको हो ।

सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।  त्यसबेला सुनको भन्सार दर २० प्रतिशत थियो । हाल भन्सार दर १० प्रतिशत छ ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ मूल्य निरन्तर बढिरहेको छ ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.