सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेश

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि एक करोड धरौटीमा छाड्ने आदेश भएको थियो । जोशीलाई भने पूर्पक्षका लागि धरौटीमा पठाउने आदेश दिएको हो ।

जोशी उनी सोमबार अदालतमा हाजिर भएका थिए । अदालतले बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो ।

बहस सकिएपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको जानकारी अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले दिएका छन् ।

प्रकाशित मिति: सोमबार, २८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.