काठमाडौं । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि एक करोड धरौटीमा छाड्ने आदेश भएको थियो । जोशीलाई भने पूर्पक्षका लागि धरौटीमा पठाउने आदेश दिएको हो ।
जोशी उनी सोमबार अदालतमा हाजिर भएका थिए । अदालतले बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो ।
बहस सकिएपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको जानकारी अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले दिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,427)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,177)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,132)