केबलकारविरुद्ध थप आन्दोलन घोषणा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पाथीभरामा केबलरकार निर्माणको विरोध गर्दै आएको पक्षले थप आन्दोलन घोषणा गरेको छ ।

सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै केबलकारको विपक्षमा रहेको मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

माघ २२ गते भएको ६ बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि सरकार इमान्दार नभएको आन्दोलनरत पक्षको गुनासो छ । आज साझ आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, २८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.