विराटनगर । कोशी प्रदेशले सात वर्षकाे अवधिमा ७५ वटा कानुन निर्माण गरेकाे छ । प्रदेशसभाको पहिलो कार्यकालमा ६२ वटा र दोस्रो कार्यकालकाे छैंठाैं अधिवेशनसम्म १३ वटा विधेयक पारित भएको हो ।
प्रदेशसभाले सात वर्षको अवधिमा ७५ वटा कानुन निर्माण गरेपनि अझै ५२ वटा कानुन निर्माण गर्न बाँकी छ । कोशी प्रदेश सरकारले गठन गरेको संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार प्रदेशमा तत्काल ५२ वटा कानुन निर्माण गर्न बाँकी छ ।
कोशी प्रदेशका पूर्वन्यायाधिवक्ता चुडामणी आचार्य २०८१ वैशाख २७ गते तीन महिना समय दिएर कार्यदल बनाइएको थियो । ९ महिना लगाएर तयार गरेकाे प्रतिवेदनमा प्रदेशले निर्माण गर्नुपर्ने ५२ वटा कानुनमध्ये प्रदेशको एकल अधिकार सूचीमा रहेका कानुन २३ वटा छन् । अन्य कानुन संघ र स्थानीय तहसँगको साझा अधिकार सूचीका हुन् ।
त्यस बाहेक मौलिक हकको कार्यान्वयन सम्बन्धी एकल अधिकार तथा साझा अधिकारको विषयमा १५ वटा कानुन तर्जुमा गर्नुपर्ने कार्यदलको सुझाव छ ।
प्रदेशले सात वर्षकाे अवधिमा निर्माण गरेका कानुन मध्ये २४ वटा कानुन तत्काल संशोधन गर्नुपर्ने अवस्थाका छन् । कार्यदलले दिएको सुझावमा प्रदेशले विभिन्न मितिमा निर्माण गरेका २४ वटा कानुन तत्कालै संशोधन गर्न सुझाव दिएको हो । प्रदेश भवन ऐन, प्रदेश लाेकसेवा ऐन, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, प्रदेश सहकारी ऐन, प्रदेश निजामती सेवा सम्बन्धि ऐनलगायत २४ ऐन संशाेधन गर्नुपर्नेछ ।
आवश्यकता पहिचान नगरी कानुन बनाइँदा कार्यान्वयन नभएको, कानुनको प्रयोगमा क्षेत्राधिकारको अस्पष्टता, समन्वय सम्पर्कको भरपर्दो संरचना नरहेको, प्रदेशको सवलीकरणका लागि जनप्रतिनिधिहरू, विधायिकी कार्य र संसदीय व्यवस्थापकीय कार्यमा कम ध्यान दिएको कार्यदलले निष्कर्ष निकालेकाे थियाे ।
बनेका ऐन कानूनको ३ देखि ५ वर्षमा विधायिकी परीक्षण हुनुपर्ने प्रदेशसभामुख अम्बरबहादुर बिष्ट बताउँछन् । ‘ऐन बनेको ३ देखि ५ वर्ष पुगेपछि ती ऐन कानूनको उत्तरविधायिकी परीक्षण गर्ने अभ्यास संसारमा छ, संघमा पछिल्लो समयमा बनेका ऐनमा विधायिकी परीक्षण हुनेछ भनेर कानून बनाउन थालिसकेका छन्,’ केहीदिनअघि सभामुख विष्टले भनेका थिए‘हाम्रो कोशी प्रदेश सभाले पनि शुरु गर्नुपर्नेछ,सरकारले प्रदेश सभालाई यसबारेमा पनि पर्याप्त बजेट छुट्याउन आवश्यक छ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)