मोरङमा सुरु भयो नागरिकताका लागि अनलाइन सिफारिस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङमा वडा कार्यालयहरुबाटै नागरिकताको अनलाइन सिफारिस सुरु भएको छ ।

विराटनगर महानगरपालिका–९ को वडा कार्यालयबाट विराटनगरका मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार सेवाको औपचारिक शुभारम्भ गरे ।

नागरिकता वितरणलाई सहज बनाउन सिफारिसलाई अनलाइन प्रणालीमा लगिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

मेयर कोइरालाले जनताले सर्वसुलभ तरिकाले सेवा पाइयोस् भन्ने अपेक्षा राख्ने गरेका कारण प्रविधिकको प्रयोगले सहज बनाउने बताए ।

मोरङमा १७ वटा स्थानीय तहमा १ सय ५९ वटा वडा छन् । सबै वडाबाट नागरिकताको सिफारिस अनलाइन प्रविधिमार्फत दिन थालिएको छ ।

प्रकाशित मिति: आइतबार, २७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.