मोरङमा सुरु भयो नागरिकताका लागि अनलाइन सिफारिस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङमा वडा कार्यालयहरुबाटै नागरिकताको अनलाइन सिफारिस सुरु भएको छ ।

विराटनगर महानगरपालिका–९ को वडा कार्यालयबाट विराटनगरका मेयर नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार सेवाको औपचारिक शुभारम्भ गरे ।

नागरिकता वितरणलाई सहज बनाउन सिफारिसलाई अनलाइन प्रणालीमा लगिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

मेयर कोइरालाले जनताले सर्वसुलभ तरिकाले सेवा पाइयोस् भन्ने अपेक्षा राख्ने गरेका कारण प्रविधिकको प्रयोगले सहज बनाउने बताए ।

मोरङमा १७ वटा स्थानीय तहमा १ सय ५९ वटा वडा छन् । सबै वडाबाट नागरिकताको सिफारिस अनलाइन प्रविधिमार्फत दिन थालिएको छ ।

प्रकाशित मिति: आइतबार, २७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.