जीवन विकासको सञ्चालक सदस्यमा डाक्टर जैन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दना कुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई चयन गरेको हो ।

जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ ।

सदस्य मनाेनित भएकी जैनलाई जीवन विकास सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीले बिहीबार शपथग्रहण गराएका छन् ।

व्यवस्थापन संकाय अन्तरगत ‘क्वालिटी अफ वर्क लाइफ एण्ड अर्गनाइजेशनल पर्फमेन्स अफ इन्डष्ट्रिज इन नेपाल’मा विद्यावारिधी गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन् । उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छिन ।

प्रकाशित मिति: शुक्रबार, २५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.