झापाकाे हाेटलमा युवककाे मृत्यु, प्रेमिका र हाेटल सञ्चालक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–४  मा रहेको एभरेष्ट होटलमा बसेका युवकको मृत्यु भएको छ । प्रेमिकासँगै हाेटलमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । प्रहरीले उनकी प्रेमिका र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार  बेस्रा धरान उपमहानगरपालिका–१५ घर भइ झापको कनकाई नगरपालिका–७ दुर्गापुरमा बस्दै आएकी २३ वर्षीया प्रेमिकासँग बसेका थिए ।

होटलको कोठाभित्र बाथरुमको ढोका छेउमा लडेर बेहोस भएको भन्दै उनलाई प्रेमिका र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीले उपचारका लागि बिर्तासीटी अस्पताल लगेका थिए ।

चिकित्सकले शुक्रबार बिहानका राति १ः३५ बजेतिर बेस्रालाई मृत घोषणा गरेको डीएसपी चन्दले बताए । उनका अनुसार बेस्राको मृत्युको कारण खुल्न सकेको छैन । घटना शंकास्पद रहेकाले अनुसन्धान  भइरएको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति: शुक्रबार, २५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.