झापाकाे हाेटलमा युवककाे मृत्यु, प्रेमिका र हाेटल सञ्चालक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–४  मा रहेको एभरेष्ट होटलमा बसेका युवकको मृत्यु भएको छ । प्रेमिकासँगै हाेटलमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । प्रहरीले उनकी प्रेमिका र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार  बेस्रा धरान उपमहानगरपालिका–१५ घर भइ झापको कनकाई नगरपालिका–७ दुर्गापुरमा बस्दै आएकी २३ वर्षीया प्रेमिकासँग बसेका थिए ।

होटलको कोठाभित्र बाथरुमको ढोका छेउमा लडेर बेहोस भएको भन्दै उनलाई प्रेमिका र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीले उपचारका लागि बिर्तासीटी अस्पताल लगेका थिए ।

चिकित्सकले शुक्रबार बिहानका राति १ः३५ बजेतिर बेस्रालाई मृत घोषणा गरेको डीएसपी चन्दले बताए । उनका अनुसार बेस्राको मृत्युको कारण खुल्न सकेको छैन । घटना शंकास्पद रहेकाले अनुसन्धान  भइरएको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति: शुक्रबार, २५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.