भारतीय नम्बर प्लेटकाे गाडीबाट २९६ किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले सुनसरीमा भारतीय नम्बर प्लेटको स्कारपिओ गाडीबाट २९६ किलो गाँजा बरामद गरेको छ ।

बिहीबार बिहान करिब साढे ३ बजे सीमावर्ती क्षेत्रमा दुर्घटना भएको गाडीबाट २९६ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका, ४ स्थित छिटाहा नहरको बाटोमा रोक्न खाेज्दा एचआर ७० इ ९५०२ गाडी भागेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको टोलीले गाडीलाई रोक्न खोज्दा पनि गाडी भागेकाे थियाे । आज बिहान देवानगंज गाउँपालिका– ७ सिनवारीमा आफै अनियन्त्रित भई पल्टिएको अवस्थामा गाडी फेला परेकाे थियाे ।

सो स्कारपिओ भित्र प्लाष्टिकको बोरामा १० पोका गाँजा र सोही स्कारपिओ गाडी छेउमा रहेको उखुको ढोडमा लुकाई राखेको अवस्थामा ४ पोका गाँजा बरामद भएको थियो । १४ पोकामा २९६ किलो गाँजा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले स्कारपिओ गाडीको स्कटिङमा रहेको प्रदेश २–०३–००९ प ०९९७ नम्बरको २२० मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.