भारतीय नम्बर प्लेटकाे गाडीबाट २९६ किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले सुनसरीमा भारतीय नम्बर प्लेटको स्कारपिओ गाडीबाट २९६ किलो गाँजा बरामद गरेको छ ।

बिहीबार बिहान करिब साढे ३ बजे सीमावर्ती क्षेत्रमा दुर्घटना भएको गाडीबाट २९६ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका, ४ स्थित छिटाहा नहरको बाटोमा रोक्न खाेज्दा एचआर ७० इ ९५०२ गाडी भागेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको टोलीले गाडीलाई रोक्न खोज्दा पनि गाडी भागेकाे थियाे । आज बिहान देवानगंज गाउँपालिका– ७ सिनवारीमा आफै अनियन्त्रित भई पल्टिएको अवस्थामा गाडी फेला परेकाे थियाे ।

सो स्कारपिओ भित्र प्लाष्टिकको बोरामा १० पोका गाँजा र सोही स्कारपिओ गाडी छेउमा रहेको उखुको ढोडमा लुकाई राखेको अवस्थामा ४ पोका गाँजा बरामद भएको थियो । १४ पोकामा २९६ किलो गाँजा भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले स्कारपिओ गाडीको स्कटिङमा रहेको प्रदेश २–०३–००९ प ०९९७ नम्बरको २२० मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.