पाथीभरा क्षेत्रमा सरकारले दमन गर्याे : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा ( मुकुम्लुङ) मा स्थानीयमाथि सरकारले वार्ताको साटो दमन गरेको आरोप लगाएका छन् ।

बिहीबार संसदमा बोल्दै प्रचण्डले जनतामाथि दमन गरेको बताएका हुन् ।

पाथीभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले भने,‘ पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ?’

‘त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो । त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो,’ उनले भने,’म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु ।’

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.