पाथीभरा क्षेत्रमा सरकारले दमन गर्याे : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा ( मुकुम्लुङ) मा स्थानीयमाथि सरकारले वार्ताको साटो दमन गरेको आरोप लगाएका छन् ।

बिहीबार संसदमा बोल्दै प्रचण्डले जनतामाथि दमन गरेको बताएका हुन् ।

पाथीभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले भने,‘ पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ?’

‘त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो । त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो,’ उनले भने,’म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु ।’

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.