संसद बैठकअघि उपेन्द्र यादवको दौडधुप बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत हुने भएपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको दौडधुप बढेको छ । राष्ट्रिय सभामा निर्णायक भूमिका रहेका यादवको दौडधुप बढेको हो ।

जसपा नेपालको संसदीय दलको बैठकअघि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरे ।

बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले ६ वटै अध्यादेश जारी गरेका थिए ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभामा कांग्रेस एमालेको सहज बहुमत भएपनि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा छ ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ । राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । मनोनित नेतृ अञ्जना शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट छ । कांग्रेस र एमाले जोडेर २८ मात्रै पुग्छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको १ जना पनि सत्तापक्षमा छन् ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा १ गरेर २६ जना सांसद छन् ।

सरकारमा नरहेको जसपा नेपालसँग ३ जना सांसद छन् । यदि जसपा नेपालका तीन जना सांसद अध्यादेशको पक्षमा उभिए अध्यादेश पास हुनेछ ।

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.