संसद बैठकअघि उपेन्द्र यादवको दौडधुप बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत हुने भएपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको दौडधुप बढेको छ । राष्ट्रिय सभामा निर्णायक भूमिका रहेका यादवको दौडधुप बढेको हो ।

जसपा नेपालको संसदीय दलको बैठकअघि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरे ।

बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले ६ वटै अध्यादेश जारी गरेका थिए ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभामा कांग्रेस एमालेको सहज बहुमत भएपनि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा छ ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ । राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । मनोनित नेतृ अञ्जना शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट छ । कांग्रेस र एमाले जोडेर २८ मात्रै पुग्छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको १ जना पनि सत्तापक्षमा छन् ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा १ गरेर २६ जना सांसद छन् ।

सरकारमा नरहेको जसपा नेपालसँग ३ जना सांसद छन् । यदि जसपा नेपालका तीन जना सांसद अध्यादेशको पक्षमा उभिए अध्यादेश पास हुनेछ ।

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.