काठमाडौं । चितवनको सौराहा क्षेत्रमा सुरक्षाकर्मीले गाेली प्रहार गरी मकुना हात्ती मारेका छन् । जंगली हात्ती मकुनाको निकुञ्जको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको हो ।
बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन भन्दै घाटीमा गोली प्रहार भएको थियो ।
उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले विज्ञप्तिमार्फत दाबी गरेको छ ।
बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो ।
घरपालुवा हात्ती (चुरेगज)लाई आक्रमण गर्न खोजेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि वार्निङ फायर गरिएको निकुञ्जले जनाएको छ ।
‘हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको’, विज्ञप्तिमा भनिएको छ, ‘पछि खोज्दै जाने क्रममा करिब १ किमी टाढा ढलेको अवस्थामा साढे १ बजे फेला परेको ।’
पोस्टमार्टमका क्रममा हात्तीको दाहिनेपट्टी घाँटीमा एउटा गोली लागेको भेटिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)