चितवनमा रविकाे थुनछेक बहस आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।

बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ ।

साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । मंगलबार उनीहरु विरुद्ध अभियाेग दर्ता भएकाे थियाे । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।

तीन जिल्लामा सहकारीको बचत अपचलनको मुद्दा खेपिरहेका लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियाे ।

कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । 

सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पुर्‍याए ठगी गरेको मानिने भनिएको छ ।

सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ ।

प्रकाशित मिति: बिहिबार, २४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.