विराटनगर । कोशीको प्रदेश सभाले सात वर्षमा ९ वटा सरकार र ७५ वटा कानुन निर्माण गरेको छ ।
शुन्य समयबाट आफ्नो काम सुरु गरेको प्रदेश सभाले पहिलो कार्यकाल दश वटा अधिवेशन गरेको थियो । जसमा ६२ वटा विधेयक पारित गर्यो । पहिलो कार्यकालमा शेरधन राई, भीम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए ।
२०७९ सालबाट सुरु दोश्रो कार्यकालमा १३ वटा विधेयक पारित गर्यो । पहिलो प्रदेशसभाले राख्न नसकेको नाम दोस्रो प्रदेशसभाले राख्यो । प्रदेशसभाको छैठौं अधिवेशन जारी छ । यो दुई वर्षको अवधिमा प्रदेशसभाले ६ वटा सरकार बनाएको छ ।
‘पहिलो सभाले ५ वर्षमा १० वटा अधिवेशन गरेकोमा हामी २ वर्षमा छैटौ अधिवेशन चलाउँदै छौं र एउटा बोलचालको भाषामा विशेष अधिवेशन भनिने संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशन गरेर संख्यात्मक रुपमा सातौंमा छौं,’ कोशी प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टले भने,‘दोश्रो कार्यकालमा काम नगरेको त होइन प्रदेशको नाम राख्ने जटिल काम गर्यौं । १३ वटा विधेयक पारित गर्यौं ।’
संघीयता कार्यान्वयनका लागि प्रदेश निजामती सेवा विधेयक, र स्थानीय सरकारी सेवा विधेयक पारित गर्नु महत्वपूर्ण कार्य रहेको उनको भनाई छ ।
मिनी पार्लियामेन्टको रुपमा रहेको विषयगत समितिहरुले काम गरिरहेको उनले प्रदेशमा सात वटा विषयगत समिति छन् ।
‘ऐन बनेको ३ देखि ५ वर्ष पुगेपछि ती ऐन कानूनको उत्तरविधायिकी परीक्षण गर्ने अभ्यास संसारमा छ, संघमा पछिल्लो समयमा बनेका ऐनमा विधायिकी परीक्षण हुनेछ भनेर कानून बनाउन थालिसकेका छन्,’ विष्टले भने,‘हाम्रो कोशी प्रदेश सभाले पनि शुरु गर्नुपर्नेछ ।’ कोशी प्रदेश सभाले बाहिरी पहुँच पनि विस्तार गर्नुपर्ने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,131)