अदालतको आदेश विपरित नियुक्ती, सदस्यसचिव बस्नेतविरुद्ध अवहेलना मुद्दा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उच्च अदालत विराटनगरको आदेश विपरित कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेकाे छ ।

चार वर्षे कार्यकालका लागि २०८० चैत २३ गते नियुक्त भएका इन्द्रकुमार योञ्जन तामाङ्गलाई हटाएर कोशी प्रदेश खेलकुद विकास बोर्डकाे माघ १७ गते बसेकाे बैठकले सुरजबहादुर श्रेष्ठलाई नियुक्त गरेकाे हाे । त्यसपछि अदालतकाे आदेशकाे अवहेलना भएकाे दाबी गर्दै तामाङले  उच्च  अदालत विराटनगरमा अवहेलना मुद्दा दर्ता दायर  गरेका छन् ।

गत २०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले तामाङलाई निलम्बन गर्ने निर्णय गरेका थिए । निलम्बनविरुद्ध तामाङले उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै भदौ १२ गते अन्तरिम आदेश दिएको थियो ।

भदौ २० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गरेर काम कारवाही गर्न दिनु भन्ने १२ गतेको आदेशलाई निरन्तरता दिएको थियो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको सो रिटमा पुस १ गते र माघ १४ गते तोकिएको पेशी खेलकुद बोर्डकै पक्षबाट सारिएको थियो । अर्को पेशी फागुन २६ गतेलाई तोकिएको छ । रिट विचाराधीन भएको अवस्थामा नयाँ नियुक्ति गरेपछि फेरि यो विषय अदालतमा प्रवेश गरेको हो ।

आफूलाई काम गर्न दिनु भन्ने उच्च अदालतको आदेश विपरित काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको भन्दै योञ्जनले प्रदेश खेलकुद विकास बोर्ड र सदस्य सचिव बस्नेतलाई विपक्षी बनाएर सोमबार उच्च अदालत विराटनगरमा अदालतको अवहेलनामा कारवाही गरी पाउँ भन्दै मुद्दा दायर गरेका हुन् ।

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङले खेलकुद विकास समिति मोरङको अध्यक्षमा नियुक्ति पाएका थिए । सदस्य सचिवमा एमाले नेता बस्नेत पुनर्वहाली भएपछि योञ्जनलाई निलम्बन गरेका थिए ।

 

प्रकाशित मिति: मङ्गलबार, २२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.