महिला टी-२० आई शृंखला : थाइल्याण्डसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी– २०आई शृंखलामा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । श्रृंखलामा चौथो खेल थाइल्याण्डसँग खेल्न लागेको हो ।

खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।

नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् । पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो शनिबार थाइल्याण्डसँग र आइतबार नेदरल्याण्ड्ससँग दोस्रोपटक पराजित भएको थियो । थाइल्याण्डले भने तीनवटै खेल जितेको छ ।

प्रकाशित मिति: मङ्गलबार, २२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.