मानव कांकालसहित राय पक्राउ, कारवाही गर्ने कानुन छैन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आइतबार विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट मानव कंकालसहित पक्राउ परेका व्यक्तीलाई सशस्त्र प्रहरीले कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

३८ वटा मानव खप्पर र १० वटा नली खुट्टासहित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका राय मानव कंकालका पटके कारोबारी हुन् । यसअघि पनि उनी पक्राउ परेका थिए । रायलाई कुन मुद्दा चलाउने भन्ने अन्योल छ ।

यसअघि २०७८ असोज २० गते राय २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डीसहित रानीबाटै पक्राउ परेका थिए ।  त्यसबेला उनीसँग झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्की पनि थिए । राय १७ दिन प्रहरी हिरासतमा बसेर छुटे ।

त्यसबेला पनि उनीविरुद्ध मुद्दा चलाउने स्पष्ट कानुनी आधार नभएका कारण प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । अभद्र व्यावहार मुद्दामा ५ हजार धरौटी बुझाएर छुटेका उनी फेरि तीन वर्षपछि मानव कंकालसहित पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा रायले प्रहरीलाई धामीझाक्रीलाई बिक्री गर्नका लागि ल्याएको बयान दिएका छन् । ‘मानव कंकाल धामीझाक्री र लामाहरुलाई बिक्री गर्न ल्याएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले भने,‘ थप अनुसन्धान भइरहेको छ ।’

सशस्त्र प्रहरीले पक्राउ गरेर बुझाएका व्यक्तीलाई कुन मुद्दा चलाउने भन्ने अन्योल रहेको उनले बताए । मानव कंकाल  ओसारपसारका विषयमा कानुनले केही बोलेको छैन ।

‘कुन मुद्दा चलाउने भन्ने हामी परामर्शमा छौं,’ उनले भने,‘ पहिले यिनै व्यक्तीलाई अभद्र व्यवहार चलेको रहेछ ।’

प्रकाशित मिति: सोमबार, २१ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.