उमागौरी सहकारी अध्यक्ष कारागार चलान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

आदेशपछि उनी कारागार चलान भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् । उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।

अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते ‘सहकारीको रकम अपचलन मुद्दा’ दायर भएको थियो । २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।

सहकारी संस्थाले आफ्ना सदस्यको कागजात अन्य बैंकमा राखेर कर्जा लिने तर सदस्यलाई थोरै ऋण लगानी गरे बाँकी आफै प्रयोग गर्ने गरेका थिए । सहकारीका सदस्यले सहकारीमा ऋणको किस्ता तिर्दै आएका थिए । तर बैंकले सहकारीका सदस्यलाई किस्ता नतिरेको भन्दै ताकेता गरेपछि ठगीको रहस्य खुलेको थियो ।

सहकारी समस्यामा परेपछि पछिल्लो डेढ वर्षयता रौनियारले सहकारी बन्द गरेका थिए । २७ मंसिरमा मुद्दा दायर भएपछि उनी फरार भएका थिए । गत सोमबार अदालतमा उपस्थीत भएका उनको शुक्रबार बयान सकिएको थियो । यो बीचमा ३ दिन बिदा थियो, रौनियारको बयान तीन दिनसम्म चल्यो ।

सहकारीको रकम अपचलन मुद्दामा पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । रंगेली नगरपालिका– २ का वडाध्यक्ष सन्तलाल खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित मिति: आइतबार, २० माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.