विराटनगर । ताप्लेजुङकाे धार्मिक पर्यटकीय क्षेत्र पाथिभरामा केबलकार निर्माणको विरोधमा आन्दाेलनमा रहेकाे पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभाव सामान्य परेको छ ।
मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको थियो ।
आज बन्दको प्रभाव सामान्य परेको हो ।
आइतबार बिहान राजमार्गमा यात्रुबहाक सवारी साधन चलेका छैनन । कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा बन्दको सामान्य प्रभाव परेको बताए । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधान केही चलेका छन् ।’
केबलरकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फोज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्ला बन्दको आह्वान गरेको थियो ।
एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरतपक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,131)