मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएकाे छ ।

(क्यान)ले देसाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।

क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए । अब नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.