मुजफ्फरपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच नेपालीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाबाट गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

बिहारको मुजफ्फरपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको हो । उनीहरु महोत्तरीका हुन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ ।

मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी घाइते छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउँन खोज्दा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.