मुजफ्फरपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच नेपालीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाबाट गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

बिहारको मुजफ्फरपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको हो । उनीहरु महोत्तरीका हुन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ ।

मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी घाइते छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउँन खोज्दा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.