चाँदनीको हत्यामा मामली घरका सदस्यसँगै आमाको पनि संलग्नता रहेकाे प्रहरी निष्कर्ष

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका–५ को कलेर्वा टोलमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेकी बालिकाको हत्यामा मामली परिवारसदस्यसहित आमाको पनि संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

शुक्रबार बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो । बालिकाको हत्या माघ ११ गते शुक्रबार राति भएको हुनसक्ने प्रहरीको भनाई छ । यद्यपि, अनुसन्धानका क्रममा पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप कुरा खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार शव उत्खनन गरेर पोस्टमार्टमका लागि कोशी अस्पताल लग्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

चाँदनी बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब १ महिनाअघि विराटनगर–५ स्थित मामाघर आएकी थिइन् । घर भारत बिहारको छपरा जिल्लामा पर्छ । उनका बुबाआमा केही दिनबसेर फर्किएका थिए । आमा केही दिनअघि नेपाल आएकी थिइन् । माइतबाट राजकुमारी एक्लै घर फर्किएकाे र चाँदनी पनि मामाघरमा नदेखिएपछि बेपत्ता भएको हल्ला गाउँमा चलेको थियो । त्यो सूचना प्रहरीमा पुग्यो । डीएसपी जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गरी शव गाडेको स्थान पत्ता लगाएको हो ।

चाँदनीको हत्यापछि मामाघरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडासहितको शव गाडिएको थियो । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मामली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार यो घटनामा बालिकाकी आमा राजकुमारीको संलग्नता देखिएको छ । बुबा लालमोहनको संलग्नता रहे नरहेको विषयमा अनुसन्धान भइरहेको छ ।

हत्या कसरी गरियोभन्ने यकिन छैन । ‘हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिँदैन । हेरेर अनुमान गर्नसक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।

घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.