विराटनगर । विराटनगर महानगरपालिका–५ को कलेर्वा टोलमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेकी बालिकाको हत्यामा मामली परिवारसदस्यसहित आमाको पनि संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
शुक्रबार बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो । बालिकाको हत्या माघ ११ गते शुक्रबार राति भएको हुनसक्ने प्रहरीको भनाई छ । यद्यपि, अनुसन्धानका क्रममा पक्राउ परेकाहरुबाट भने घटनाका बारेमा थप कुरा खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रबार शव उत्खनन गरेर पोस्टमार्टमका लागि कोशी अस्पताल लग्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
चाँदनी बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब १ महिनाअघि विराटनगर–५ स्थित मामाघर आएकी थिइन् । घर भारत बिहारको छपरा जिल्लामा पर्छ । उनका बुबाआमा केही दिनबसेर फर्किएका थिए । आमा केही दिनअघि नेपाल आएकी थिइन् । माइतबाट राजकुमारी एक्लै घर फर्किएकाे र चाँदनी पनि मामाघरमा नदेखिएपछि बेपत्ता भएको हल्ला गाउँमा चलेको थियो । त्यो सूचना प्रहरीमा पुग्यो । डीएसपी जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गरी शव गाडेको स्थान पत्ता लगाएको हो ।
चाँदनीको हत्यापछि मामाघरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडासहितको शव गाडिएको थियो । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मामली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।
प्रहरीका अनुसार यो घटनामा बालिकाकी आमा राजकुमारीको संलग्नता देखिएको छ । बुबा लालमोहनको संलग्नता रहे नरहेको विषयमा अनुसन्धान भइरहेको छ ।
हत्या कसरी गरियोभन्ने यकिन छैन । ‘हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिँदैन । हेरेर अनुमान गर्नसक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।
घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,457)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)