नेपाल लगातार दोस्रो खेलमा पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी– २०आई शृंखलामा घरेलु टोली नेपाल थाइल्याण्डसँग पराजित भएको छ । नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए ।

शृंखलामा सबै टोलीले एकअर्कासँग ३(३ खेल खेल्ने छन् ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.