महिला टी–२० आई शृंखलामा थाइल्याण्ड र नेपाल भिड्दै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी– २०आई शृंखलामा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।

खेल दिउँसो सवा १२ बजेदेखि काठमाडौं स्थित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । शुक्रबार थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।

नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् । महिला टी– २०आई वरियतामा थाइल्याण्ड १३ औं स्थानमा छ भने नेपाल २० औं स्थानमा छ ।

शृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.