साउदीमा दुर्घटनामा परी तीन नेपाली कामदारकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । साउदी अरबमा सडक दुर्घटना  हुँदा तीन नेपाली नागरिकको मृत्यु भएको छ ।

साउदी पश्चिमी क्षेत्रको जिजान क्षेत्रमा बिहीबार भएको भयानक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको हो । यो दुर्घटनामा परी जम्मा १५ जनाको मृत्यु भएको थियो । अन्य भारतीय र घानाका नागरिक छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । दुर्घटनामा एक नेपाली घाइते भएका छन् ।

सडक दुर्घटनामा नौ भारतीय नागरिक र तीन जना घानाका नागरिकको पनि मृत्यु भएको बताइएको छ । जिजानबाट २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.