साउदीमा दुर्घटनामा परी तीन नेपाली कामदारकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । साउदी अरबमा सडक दुर्घटना  हुँदा तीन नेपाली नागरिकको मृत्यु भएको छ ।

साउदी पश्चिमी क्षेत्रको जिजान क्षेत्रमा बिहीबार भएको भयानक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको हो । यो दुर्घटनामा परी जम्मा १५ जनाको मृत्यु भएको थियो । अन्य भारतीय र घानाका नागरिक छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । दुर्घटनामा एक नेपाली घाइते भएका छन् ।

सडक दुर्घटनामा नौ भारतीय नागरिक र तीन जना घानाका नागरिकको पनि मृत्यु भएको बताइएको छ । जिजानबाट २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति: शनिबार, १९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.